+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

नवलपरासीमा बस दुर्घटना, १७ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १९ गते १७:५९

१९ असार, कावासोती । नवलपरासीको रजहरमा आइतबार दिउँसो बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ ।

Rajahar
फाइल तस्वीर

इलाका प्रहरी कार्यालय रजहरका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत इलाका प्रहरी कार्यालय अगाडि लु १ ख ८७६२ नम्बरको बस दुर्घटना भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सो बस ना २२ प ८२६२ नम्बरको मोटरसाइकललाई जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाइएको छ ।

चालक र बस प्रहरी नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?