२५ असार, मुगु । मुगु जिल्लाको गमगढीमा कृषि विकास कार्यालय मुगुको आयोजना र होटल व्यवसायी संघको सह आयोजनामा स्थानीय खाद्य परिकार महोत्सव सञ्चालन भएको छ ।
स्थानीय वालीका विभिन्न परिकारहरुको प्रचार प्रसार र खाद्यान्नको महत्व आम मानिसलार्इ बुझाउन यो कार्यक्रम आयोजना गरिएको अयोजकको भनाइ छ ।
महोत्सवमा स्थानीय स्तरमा उत्पादित विभिन्न वालिहरुका १० वटा परिकारहरु तयार पारिएका थिए । रातो चामल कागुनु चिनु को खिर फापरको लगर सिस्नुको तरकारी काउली भण्टा खुर्सानीका चप लगाएतका विभिन्न परिकार महोत्सवमा सहभागिको अकर्षणमा परेको थियो ।
महोत्सवमा जिल्लास्थित विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका कर्मचारी राजनीतिक दल व्यापारी लगायत थुप्रै व्यक्तिहरहरुको बाक्लो उपस्थिति रहेको थियो ।
आयातित खाध्यवस्तुहरुको बाहुल्यता बढदै गएको र स्थानीय वाली लोप हुने अवस्थामा पुगेकाले यस्तो कार्यक्रम गर्नु परेको कुरा आयोजकहरुको भनाइ छ । स्थानीय वाली प्रति आकर्षण बढाउन गत बर्ष बाट यस्तो कार्यक्रमको सुरुवात गरिएको जिल्ला कृषि विकास कार्यलयका बरिष्ठ अधिकृत डा चन्द्रप्रकाश रिसाले बताए ।
स्थानीय खाद्य वालीमा अर्घानिकका साथै प्रशस्त पौष्टिक तत्व पाइने भएकाले परिकार प्रति उपस्थित व्यक्तिहरु आकर्शित भएका थिए ।
प्रतिक्रिया 4