+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सरकारले विश्वास गुमायो, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २८ गते १७:३२

२८ असार, काठमाडौं । नेपाली कांग्रेसले सरकार अल्पमतमा परिसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनु पर्ने बताएको छ ।

सत्ता साझेदार माओवादीले मंगलबार मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । र, नयाँ सरकार गठनको प्रयास सुरु भएको छ ।

Balkrishna-Khand
बालकृष्ण खाँड

तर, माओवादीले दाबी गरे जस्तो उसका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्न पत्र नदिएको कांग्रेस नेताहरुले बताएका छन् ।

सभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्य बालकृष्ण खाँडले भने, ‘हामीले उहाँहरु(माओवादी)लाई सरकार छाड्नुस्, त्यसपछि मात्र सम्वाद गरौंला भनेका थियौं, अब कुरा हुन्छ ।’

तर, सत्तारुढ प्रमुख घटक माओवादीले समर्थन फिर्ता लिएपछि सरकारले विश्वासको मत गुमाएको कांग्रेसको निष्कर्ष छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भने राजीनामा नदिने बरु संसदको सामना गर्ने संकेत गरेका छन् ।

तर, नेता खाँडले भने प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने बताए । ‘माओवादीले समर्थन फिर्ता लिएपछि सरकारले विश्वास गुमाइसककेा छ, उहाँ(ओली) जत्तिको परिपक्क नेताले राजीनामा दिनुहुन्छ भन्ने विश्वास छ र, दिनुपर्छ पनि ।’ 

प्रधानमन्त्री ओलीले राजीनामा दिएपछि कांग्रेस, एमाले, माओवादी र मधेसी मोर्चा बसेर सहमतिको प्रयास थाल्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?