३० असार, काठमाडौं । सरकारले नियममित रुपमा उपलव्ध गराउँदै आएको अनुदान रोक्दा भक्तपुर क्यान्सर अस्पतालको स्वास्थ्योपचार सेवा प्रभावित भएको छ ।
स्वास्थ्य कर कोषमार्फत आफूले पाउनुपर्ने नियममित अनुदान सरकारले रोक्दा क्यान्स उपचारमा समस्या आएको अस्पतालले जनाएको छ ।
सरकारले स्वास्थ्य कर कोषमार्फत अस्पताललाई प्रतयेक वर्ष चारदेखि पाँच करोड रुपैयाँ अनुदान दिँदै आएको थियो । आजको अन्नपूर्णमा समाचार छ ।
तर सरकारले चालू आवमा उक्त कोषबाट एक पैसा पनि अनुदान नदिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोककुमार श्रेष्ठले जानकारी दिए ।
उनले चालू आर्थिक वर्ष पनि सकिन केही दिन मात्र बाँकी रहँदा पनि सरकारले अनुदान नदिएको बताए ।