+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

दुर्दशा समाप्त होस्

हरिप्रसाद उपाध्याय खतिवडा हरिप्रसाद उपाध्याय खतिवडा
२०७३ साउन १ गते १०:०७
hari prashad upaddhya
हरिप्रसाद उपाध्याय खतिवडा

विश्वमा शान्तिको क्षेत्र नेपाल  एउटै थियो ।
थिए आनन्दमा सारा नेपाल मग्न नै थियो  ।।
शयौं जाति र भाषाको वघैंचा सरि यो थियो ।
आपसी प्रेमको फूल सवैमा भावना थियो ।।१ ।।

कस्को आँखा पर्याे दैव शान्तिको वदला यहाँ ।
अन्यायी हरुको राज्य फैलियो राम राज्यमा ।।
वेचीयो    धनमा धर्म    संस्कार सव  मासियो ।
माथी पुर्याउने भन्दै झन् झन् नेपाल भासियो ।।२ ।।

हिंसा हत्या र आतङ्क फैलाए ठाउँ ठांउमा ।
मारीए कलिला बच्चा विद्यार्थी ठाउँ ठाउँमा ।।
हत्या आतङ्क पो भइगो योग्यता राज्य पाउन ।
दुर्दशा कत्ति हो कत्ति मिल्दैन सव गांउन ।।३।।

यूवा कर्मठ छन् जो जो विदेश्मा ती पलायन ।
हरियो वन यो  हाम्रो  तस्करको भो रजायन  ।।
खेती वारि भयो वांझो  उर्वरा भूमि नासियो ।
छाप्रामा काल पर्खेर वस्नेको बाँस मासियो   ।।४।।

रोगले छट्पटी  गर्दै आमा बाबू हरु यहां ।
छोरो विदेशमा मर्दै  उखर्माउलो  गरीममा ।।
वुहारी पतिको वाटो  हेर्दै आशु वहाउने ।
अवोध बाल वालिका  भोकले छट्पटाउने ।।५।।

सिञ्चाई कृषिमा  छैन,  छैन मल् जल् बीउ पनि ।
खोर्सिने मानिसै छैन  पहाडि त्यो रुखो भुमि ।।
दुःख सुख गरि दुई चार अक्षर के जब जानियो ।
पर्देश् को सपना देख्यो विदेशै तिर  हानियो ।।६।।

मन्दीर गांउमा भत्के चर्च त्यस ठाउंमा उठे  ।
दुई पैसे लोभमा पर्दा पास्चरले वुद्धिनै भुटे  ।।
पूजाको थाली च्यापेर हिंड्दथे चपलाहरु ।
दुःखमा रामको नाम  जप्ने ती ववुरा हरु ।।७ ।।

सवैले विर्सिए आफ्नो हिन्दु संस्कारका रिती ।
फैलियो पश्चिमी पैसा फैलायो अति वेथिति।।
चिल्ला मिठा कुरा मुख्मा मन्मा सड्यन्त्र लि कन ।
बुध्दि भुट्न सिपालु ती घुम्दछन् लोभ दी कन।।८।।

उनैको बहकावटमा   हिन्दुत्व  सव नासियो ।
इष्ट मित्र र वन्धुको वन्धुत्व  पनि नासियो ।।
उपकारी गुणी मानव्  हराए अब गांउमा ।
आपस् मा द्वेश औ ईष्र्या फैलियो सव ठांउमा  ।।९ ।।

दुस्खमा दुखीको साथ  दिने संश्कार नासियो ।
सत्य,सद्भाव ओै अर्ति दिने संश्कार मासियो ।।
शिक्षा सास्त्रिय नैतकता वुर्जुवा भनी  तोडियो ।
पाटी पौवा र चौतारी सालिकै पनि फोडियो ।।१०।।

कस्तो दुर्दिन पो आयो   हाम्रो यो पुण्य भूमिमा ।
बीकास पथमा हामी  लम्किने कसरी   यहाँ  ।।
कसैलाई पनि छैन चिन्ता यो देश खातिर    ।।
संकुचित् राष्ट्र नेता छन् ,स्वार्थमा सव तत्पर  ।।११।।

टुक्रियोस् राष्ट्र यो जात जातिमा गृह युद्ध होस् ।
केवल होस् वलियो पार्टी बरु राष्टै मरे मरोस् ।।
यस्तो दुर्वुध्दि नेतामा छिट्टै सद्वुध्दि प्राप्त होस् ।
दुर्दशा देशको झट्टेै अहिलेनै समाप्त होस्।।१२।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?