+
+

राष्ट्रपति र सभामुखलाई उक्साउदै दलहरु

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ३ गते ६:४८

Bidhya-Bhandari३ साउन, काठमाडौं । राष्ट्रपति र व्यवस्थापिका संसदका सभामुखलाई राजनीतिक दलहरुले आआˆनो स्वार्थमा प्रयोग गर्न उक्साउन थालेका छन् ।

१० महिनाअघि जारी भएको संविधानको भावनाबमोजिम कार्य गर्न हौस्याउनु पर्नेमा केही राजनीतिक दलहरुले राष्ट्रपति र सभामुखलाई आफ्नो स्वार्थमा कार्य गर्न उक्साउन थालेको पाइएको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

नेकपा एमालेले अप्रत्यक्षरुपमा राष्ट्रपति आफ्नो दलबाट चयन भएको भएको भन्दै संविधानमा नयाँ सरकार बन्ने कुनै पनि व्यवस्था छैन भनिरहेको छ भने नेकपा माओवादी केन्द्रले सभामुखले आफ्नो कुरालाई स्वीकार गर्ने आंकलन गरी अविश्वासको प्रस्ताव बाहेक अन्य विषयमा व्यवस्थापिका संसद चल्न नदिने रणनीतिमा लागेको पाइन्छ ।

एमाले समर्थितहरुले संविधानको धारा टेकर राष्ट्रपतिले नयाँ सरकार गठन गर्नका लागि आहृवान गर्ने भनी आवाज निकालिरहेका छन् ।

लामो समयदेखि त्रिभुवनविश्वविद्यालय अन्तर्गतका कलेहरुमा संविधानको प्राध्यापन गरिरहेका संविधानविद मुनेन्द्रप्रसाद अवस्थीले संविधानमा राष्ट्रपतिले नयाँ सरकार गठनको आहृवान गर्नका लागि भनी स्पष्ट व्यवस्था नगरिए पनि संसदीय अवस्थाको त्यसको जिम्मेवारी राष्ट्रप्रमुखको नै हुने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?