+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

फ्रान्सको चर्चमा आक्रमणः पादरीको हत्या, आक्रमणकारी पनि मारिए

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ११ गते १७:३४

France

११ साउन, काठमाडौं । उत्तरी फ्रान्सको रुईनस्थित एक चर्चका पादरीको हतियारधारी समूहले हत्या गरेको छ ।

दुई व्यक्ति चर्चमा प्रवेश गरेका थिए । उनीहरुले पादरी र अन्य चार जनालाई बन्धक बनाएका थिए । अहिले दुबै हतियारधारी प्रहरी कारबाहीमा मारिएका छन् ।

घटनास्थललाई अहिले पनि प्रहरीले घेरा हालेर राखेको छ र मानिसहरुलाई टाढा रहन भनेको छ ।

फ्रान्सका अधिकारीहरुका अनुसार बन्धक बनाइएका मध्ये एकको अवस्था गम्भीर छ ।

आक्रमणको कारण खुल्न सकेको छैन । तर, प्रहरीले चरमपन्थी आक्रमण हुन सक्ने आशंकासहित अनुसन्धान गरिरहेको छ । फ्रान्सका प्रधानमन्त्रीले यसलाई बर्बर आक्रमण भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?