+

मार्टिनेज बेल्जियमको नयाँ प्रशिक्षक नियुक्त

२०७३ साउन  २० गते ८:४७ २०७३ साउन २० गते ८:४७
मार्टिनेज बेल्जियमको नयाँ प्रशिक्षक नियुक्त

Roberto Martinez

२० साउन, काठमाडौं । रोबर्टो मार्टिनेज बेल्जियमको नयाँ प्रशिक्षक नियुक्त भएका छन् । ४३ वर्षे स्पेनिस प्रशिक्षकलाई गत मे मा इंग्लिस क्लब इभर्टनले बर्खास्त गरेको थियो ।

मार्टिनेजले मार्क विल्मोट्सको स्थान लिनेछन् । युरोकपको क्वार्टरफाइनलमा हार व्यहारेपछि उनले पद छाडेका थिए ।

प्रशिक्षकको खोजीका लागि बेल्जियम फुटबल एशोसिएसनले अनलाइनमार्फत आवेदन मागेको थियो । जसमा मार्टिनेज छनौट भएका छन् । उनको पहिलो खेल सेप्टेम्बर १ मा स्पेनविरुद्ध हुनेछ ।

बेल्जियम रोबर्टो मार्टिनेज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय