+
+

सहमतिअनुसार संविधान संशोधन नभए समर्थन फिर्ता

सरकारसँग मधेसी मोर्चा सशंकित

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २९ गते ६:५३

laxman lal karna२९ साउन, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासमेत आबद्ध संघीय गठबन्धनले पूर्वसहमति अनुसार नै संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको छ ।

संविधान संशोधनमार्फत सीमांकनसहितका आˆना माग पूरा नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी गठबन्धनले दिएको हो ।

सरकार गठनपूर्व नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेस मोर्चासहितको संघीय गठबन्धनबीच भएको तीन बुँदे सम्झौता कार्यान्वयन नभए समर्थन फिर्ता लिने निर्णय भइसकेको मोर्चाका नेताले बताएका आजको राजधानी दैनिकमा समाचार छ ।

असोजभित्रै आफ्ना माग पूरा हुनु पर्ने मोर्चाको अडान छ ।  मधेसी मोर्चाले तीन पक्षबीच भएको तीन बुँदे सहमति यथाशीघ्र असोजमहिनाभित्र इमानदारीपूर्वक कार्यान्वयन हुनु पर्ने बताउँदै सोका लागि प्रधानमन्त्रीलाई दबाब दिइरहेको छ ।

दबाबस्वरुप प्रधानमन्त्री प्रचण्डको पक्षमा गतदान गरे पनि व्यवस्थापिका संसदमा मोर्चाका सांसद प्रतिपक्षकै बेन्चमा बसिरहेका छन् ।

मोर्चाका नेता एवं सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले कांग्रेस, माओवादी र मोर्चाबीच भएका तीन बुँदे सहमति कार्यान्वयन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए ।

‘हामीले मधेसी मोर्चा र संघीय गठबन्धको माग पूरा गराउन सरकारलाई समर्थन दिएका हौं, सरकारमा जानका लागि होइन,’ सहअध्यक्ष कर्णले भने, ‘यदि हाम्रा माग पूरा भएनन् भने हामीले दिएको समर्थनको कुनै अर्थ छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?