+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

फास्ट ट्र्याकमा विदेशी लगानी खोज्दै सरकार

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ३० गते ६:४६

prachanda३० साउन, काठमाडौं । सरकारले काठमाडौंदेखि तराई जोड्ने द्रुतमार्ग निर्माणमा विदेशी लगानीको खोजी सुरु गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले स्वदेशी लगानीमै फस्ट ट्रयाक निर्माण गर्ने निर्णय गरे पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले विदेशी लगानी जुटाउने गृहकार्य गरेको अाजकाे राजधानी दैनिकमा समाचार छ ।

प्रचण्ड सरकारले अघिल्लो सरकारले स्वदेशी लगानीमै फस्ट ट्रयाक निर्माण गर्ने निर्णय गरे पनि बजेटमा कुनै व्यवस्था नगरेको भन्दै विदेशी लगानीलाई प्राथमिकता दिएको हो । प्रधानमन्त्री प्रचण्डले नै फास्ट ट्रयाक निर्माणमा विदेशी लगानी जुटाउने प्रयास भइरहेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले शनिबार नेपाल टेलिभिजनको कार्यक्रममा दुई उपप्रधानमन्त्रीहरुको छिमेकी मुलुक चीन र भारत भ्रमणका समयमा आयोजना अघि बढाउने विषय एजेन्डामा राखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?