१४ असोज, काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ एन्फाको अर्को महिना हुने तय भएको चुनावको प्रक्रिया अघि नबढाउन आदेश दिएको छ ।
यससँगै कात्तिक ८ मा हुने चय भएको एन्फा चुनाव अन्यौलमा परेको छ ।
रेफ्री समितिका विनोद केसीसहितले दिएको रिटमा न्यायाधीश प्रेमराज कार्कीले निर्वाचनको कुनै कामकारबाही नगर्न अन्तरिम आदेश दिएको हो । दुबै पक्षसँगको छलफलपछि मात्र निष्कर्षमा पुग्न उपयुक्त हुने भन्दै कात्तिक ५ का लागि पेशी तोकेको छ ।
एन्फाका तत्कालीन अध्यक्ष गणेश थापा भ्रष्टाचारको मुद्धाका कारण प्रतिवन्धमा परेपछि फिफाको निर्देशन अनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्ष चयनका लागि कात्तिक ८ मा चुनाव गर्ने तय भएको थियो ।
अध्यक्षमा कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्मा छिरिङ शेर्पाको उम्मेदवारी परेको छ ।