Comments Add Comment

पञ्चकन्या तेजले जित्यो एभरेष्ट प्रिमियर लिगको उपाधि

Panchakanya-Tez

१७ असोज, काठमाडौं । पञ्चकन्या तेजले अपराजित रहँदै एभरेष्ट प्रिमियर लिगको उपाधि जितेको छ । २०१४ मा भएको एनपीएल च्याम्पियन पञ्चकन्या तेजले सोमबार भएको फाइनल भिडन्तमा कलर्स एक्स फ्याक्टरलाई ४० रनले हराउँदै ५ लाख पुरस्कार पनि हात पारेको छ ।

पञ्चकन्या तेजले दिएको १७२ रनको लक्ष्य पछ्याएको कलर्स १७.३ ओभरमा १३१ रन जोड्दा अलआउट भयो ।

उसको सुरुवात निकै खराब रहृयो । फैजुल रहमान पहिलो ओभरको तेस्रो बलमा शून्यमा आउट हुँदा टिमको स्कोर मात्र १ रन थियो । हरिशंकर साह पनि १४ रनमा आउट भए ।

टिमले थप एक रन जोड्दा अमर रौतेला व्यक्तिगत ९ रनमा पभेलियन फर्किए । तर, कप्तान ज्ञानेन्द्र मल्ल र राजेश पुलामीले कलर्स एक्स फ्याक्टरको पारी सम्हाले ।

उनीहरुले चौथो विकेटका लागि ७४ रनको साझेदारी गरे । कलर्सका लागि कप्तानी पारी खेलिरहेका ज्ञानेन्द्रलाई १२.५ ओभरमा दिपेन्द्रसिंह ऐरीले एलबीडब्लू धरापमा पारे । जतिबेला टिमको स्कोर १०० रन हुन २ रन अपुथ थियो । त्यसपछि आएका सिद्धान्त लोहनी १ रनमै आउट भए । अर्को बलमा योगेन्द्र सिंह कार्कीलाई पनि करणले आउट गरे ।

१५ औं ओभरको अन्तिम बलमा राजेश पुलामी सातौं विकेटका रुपमा ३७ रनमा आउट भएपछि कलर्सक हार उन्मुख भयो । थप १० रन जोड्दा संजय बस्नेत, राहुल प्रताप सिंह र अभिनाश कर्ण आउट भए ।

पञ्चकन्याका करण केसीले ३ विकेट लिए भने शरद भेषावकर र सुशील कँडेलले २-२ विकेट लिए । भुवन कार्की र दिपेन्द्र सिंह ऐरीको नाममा १-१ विकेट रहृयो ।

आशिफ शेखको शानदार शतक

यसअघि पहिले ब्याटिङ गरेको पञ्चकन्या तेजले आशिफ शेखको शानदार शतकको मदतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७१ रनको योगफल खडा गरेको थियो ।

पञ्चकन्याको पनि सुरुवात त खराब नै थियो । उसका कप्तान शरद भेषावकर पहिलो ओभरमा नै २ रनमा आउट भए । यसअघिका खेलमा हिटरको छवि बनाएका करण केसी पनि मात्र ५ रनमा आउउट भए, जतिबेला टिमको स्कोर ३३ रन थियो ।

अर्को पारीमा आशिफ भने टिकिरहे । पृथु बास्कोटा पनि मात्र ८ रनमा आएपछि आरिफ र आशिफ दाजुभाइको जोडी जम्यो । भाइ आशिफसँग ४७ रनको साझेदारी गरेका आरिफ व्यक्तिगत २३ रनमा आउट भए । आशिफ भने आक्रमक सट खेलिरहे ।

उनले पाँचौं विकेटका लागि प्रेम तामाङसँग ६४ रनको अविजित साझेदारी गरेका छन् । त्यसक्रममा उनले मात्र ५९ बलमा छ चौका र ८ छक्काको मदतमा शतक पुरा गरे । ईपीएलमा यो नै पहिलो शतक हो । उनी १११ रनमा अविजित रहे भने प्रेमले नटआउट ८ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment