+
+

नेपालीमा ट्वीट गर्दै मोदीले भने- प्रचण्डको भ्रमणले सम्बन्ध मजबुत बनाउँछ

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज २९ गते १६:३९

Prachanda-and-modi
२९ असोज, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना नेपाली समकक्षीलाई स्वागत गर्दै नेपाली भाषामा ट्वीट गरेका छन् ।

गोवामा शनिबारदेखि सुरु भएको ब्रिक्स सम्मेलनमा भाग लिन बिहान भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वागत गर्न पाउँदा खुसी लागेको भन्दै मोदीले आफ्नै एकाउन्टबाट ट्वीट गरेका हुन् ।

उनले नेपाली भाषामै गरिएको ट्वीटमा लेखेका छन्-‘ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतमा न्यानो स्वागत । उनको भ्रमणले भारत-नेपाल सम्बन्ध अझ मजबूत बनाउनेछ ।’ उनले यही बेहोरासहितको ट्वीटअंगेजी भाषामा पनि गरेका छन् ।


प्रधानमन्त्री प्रचण्डले आज साँझ चिनियाँ राष्ट्रपति सी जिनपिङसँग र आइतबार भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

तोग्बेसँग प्रचण्डको सेल्फी !

यसैगरी प्रचण्डले भुटानी प्रधानमन्त्री छिरिङ तोग्बेसँग खिचेको सेल्फी पनि सार्वजनिक भएको छ । तोग्बे आफैंले ट्वीटरमा प्रचण्डसँग खिचेको सेल्फी ट्वीट गरेका छन् ।


उनले गोवासम्म सँगै जाने क्रममा बिमानमा सेल्फी खिचेको ट्वीटमा उल्लेख गरेका छन् ।  ब्रिक्स सम्मेलनमा भाग लिन दुबै देशका प्रधानमन्त्री एउटै बिमानमा गोवा पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?