+
+

माओवादी सांसद रुपा र निशाले सदर गरे लोकमानविरुद्धको हस्ताक्षर

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ५ गते १२:३८
nisa-and-rupa
रुपा महर्जन र निशा साह

५ कात्तिक, काठमाडौं । माओवादी सांसदहरु रुपा महर्जन र निशा साहले लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावमा गरेको हस्ताक्षरलाई सदर गरेका छन् । लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावको विपक्षमा नरहेको उनीहरुले प्रष्ट पारेका छन् ।

माओवादीका केही सांसदहरूले अर्कै प्रयोजनका लागि संकलन गरेको हस्ताक्षर महाअभियोगमा प्रयोग गरेको भन्दै असन्तुष्टि जनाएका थिए । असन्तुष्टि जनाउनेमा रुपा र निशा समेत थिए । उनीहरूले फेसबुकमार्फत् आफ्ना असन्तुष्टि सार्बजनिक गरेका थिए ।  तर, दुबै सांसदहरुले अब आफूहरु महाअभियोगको पक्षमा लाग्ने भन्दै हस्ताक्षर सदर गरेका हुन् ।

शुक्रबार अनलाइनखबरसँग कुरा गर्दै सांसद महर्जनले भनिन्, ‘म लोकमानको पक्षमा छु भनेर कोही पनि भ्रममा नपरे हुन्छ ।’

उनले अघि भनिन्, ‘लोकमानविरुद्ध महाअभियोग लगाउन हस्ताक्षर गर्नुस् भनेर पार्टीले भनेको भए पहिलो नम्बरमा मैले नै हस्ताक्षर गर्नेथिएँ,’ सांसद महर्जनले भनिन्, ‘लोकमानको पक्षमा कोहि पनि छैन, म पनि छैन ।’

यस्तै अर्की सांसद निशा साहले फेसबुकमा स्टाटस लेख्दै आफू महाअभियोगको पक्षमा रहेको बताइन् । निशाले फेसबुकमा लेखेकी छन्, ‘लोकमानलाई महाअभियोग लगाउनुपर्छ, जोगाउनु हुँदैन । विधि गलत भयो भनेर पछाडि फर्कनु झन् आत्मघाती हुनेछ । यो विषयमा पार्टीले पहलकदमी लिएर कांग्रेसलाई समेत सहमत गराउनुपर्छ ।’

यी पनि पढ्नुस्

गृहमन्त्री विमलेन्द्र भन्छन्- लोकमान प्रकरण सरकार ढाल्ने एमालेको खेल हो

प्रचण्डलाई रातभरि निद्रा लागेनः जनार्दन कारवाहीमा पर्ने, लोकमान जोगिने संकेत

लोकमानलाई महाअभियोग लगाउने उर्जामन्त्री भन्छन्ः कारवाही स्वीकार्य छ

‘एमालेले अहंकार देखाएकै हो, तर कांग्रेस लोकमानको रक्षाकवच बन्न सक्दैन’

लोकमानलाई राजीनामा दिन योगेश भट्टराईको सुझाव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?