+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नेपाल सम्वत् हाम्रो मौलिक पहिचान होः प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ८ गते १५:२३

prachand-nepal-sambat

८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सम्वत् नेपालको गर्व र मौलिक पहिचान भएको बताएका छन् ।

नेपाल सम्वत् ११३७ राष्ट्रिय समारोह आयोजक समितिका प्रतिनिधिहरुसँग सोमबार सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले भने, ‘नेपाल सम्वत् हाम्रो मौलिक पहिचान हो, हाम्रो गर्व हो, यसलाई नेपालको मौलिक पहिचान सहित स्थापित गर्न सरकार गम्भीर छ ।’

भेटमा नेपाल सम्वत् राष्ट्रिय समारोह समितिका प्रतिनिधिहरुले कात्तिक १५ गते उपत्यकामा आयोजना हुने नेपाल सम्वत् ११३७ को कार्यक्रममा प्रमुख अतिथिको रुपमा आतिथ्यता गरी दिन प्रधानमन्त्रीसँग अनुरोध गरेका थिए ।

नेपाल सम्वत् ११३७ को अवसरमा काठमाडौं, ललितपुर र भक्तपुरमा अलग-अलग कार्यक्रम आयोजना गरिने न्हु दँ समारोहका समितिका अगुवा मोतिलाल शिल्पकारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?