+
+

लोकमानले समानान्तर सत्ता चलाउन थालेकाले महाअभियोगः ढकाल

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ९ गते १६:०७

bhanubhakta-dhakal

९ कात्तिक, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले लोकमानसिंह कार्कीले संविधान र कानुनलाई समेत हातमा लिएर समानान्तर सत्ताको अभ्यास गर्न थालेकाले महाअभियोग प्रस्ताव ल्याउनुपरेको बताएका छन् ।

महाअभियोग प्रस्तावलाई संसद बैठकमा समर्थन गर्दै ढकालले १३ पन्ने मार्फत दलका नेता, राष्ट्रसेवक कर्मचारी लगायतलाई चुप लगाएर समानान्तर सत्ता चलाउन थालेको आरोप लगाए ।

उनले भने, ‘मिडियामा आइसकेको छ, मुख्य सचिवदेखि बिभिन्न व्यक्तिलाई १३ पन्नेबाट प्रताडित गरेर सत्ता चलाउन खोजियो । आफूलाई मन नपरेको व्यक्तिलाई अख्तियारको अस्त्र प्रयोग गरेर मानसिक यातना दिने र बद्नाम गर्ने काम भयो ।’

ढकालले प्रधानमन्त्री प्रचण्ड भारतको भ्रमणमा रहेका बेला भारतीय समकक्षीसँग वार्ताको तय हुँदा यता अख्तियार प्रमुखले पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री विरुद्ध मुद्दा चलाउने धम्की दिएका बताए । उनले यसलाई देश विरुद्धको जवाफदेही विहीनताको संज्ञा दिए ।

ढकालले महाअभियोग प्रस्तावलाई सत्ता परिवर्तनसँग जोडिएकोमा आपत्ति जनाए । उनले यो प्रस्ताव सत्ता परिवर्तनसँग कुनै सम्बन्ध नरहेको भन्दै यसलाई साझा प्रस्ताव बनाउन एमालेले समर्थन जनाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?