+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

संसदमा विपक्षीको अवरोध कायमै, संशोधन फिर्ता लिन माग

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १७ गते १५:४५

cp-mainali

१७ मंसिर, काठमाडौं । संविधान संशोधन विधेयकको विरोधमा नेकपा एमालेसहित विपक्षी दलहरुले दोस्रो दिन पनि व्यवस्थापिका संसदको बैठक अवरुद्ध पारेका छन् ।

संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै माले महासचिव मैनालीले संशोधनको विरोध गरे । उनले कतै प्रधानमन्त्रीलाई बहुला कुकुरले त टोकेन ? भनेर प्रश्न गरेपछि केहीबेर होहल्ला भयो ।

कांग्रेस सांसद रामहरि खतिवडाले मैनालीको नियमापत्ति जनाए र सभामुखले उक्त शब्द रेकर्डबाट हटाउन आदेश दिइन् । त्यसपछि फेरि बोलेका मैनालीले संशोधन फिर्ता लिन माग गरे ।

मौनालीले बोलिसके लगतै एमाले, माले, राष्ट्रिय जनमोर्चासहितका दलका सांसद आ आफ्नो स्थानमा उभिए । सभामुखले पटक-पटक बस्न आग्रह गर्दा पनि विपक्षी सांसदहरुले अस्वीकार गरेपछि संसद बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।

संविधान संशोधनको विरोधमा विपक्षी दलहरुले बिहीबार पनि संसद बैठक अवरुद्ध पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?