नेपाली चलचित्र क्षेत्रका चर्चित नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठको निधन भएको २ बर्ष बढी भयो । चलचित्र क्षेत्रमा एउटा दरिलो छाप छाडेका श्रीकृष्णको आज जन्म जयन्ती हो । पौष १४ गते जन्मिएका श्रीकृष्णको साउन २४ गते निधन भएको थियो ।
उनै श्रीकृष्णको जन्म जयन्तीको अवसर पारेर नायिका स्वेता खड्काले एक अनाथ आश्रमलाई सहयोग गरेकी छिन् । धुम्बाराहीमा रहेको घर आँगन नामक संस्थालाई स्वेताले डेढ लाख नगद सहयोग गरेकी छिन् । हाल यो संस्थामा १९ जना अनाथ बालबालिका रहेका छन् ।
यसरि संझिइन् स्वेताले श्रीकृष्णलाई, भिडियो हेर्नुहोस्ः
घर आँगन नामक संस्थाले धुम्बाराहीमा नयाँ भवन बनाउने तयारी गरेको छ । जसको जग बसाल्नका लागि स्वेताले डेढ लाख सहयोग गरेकी हुन् । सहयोग रकम हस्तान्तरणपछि स्वेताले भनिन्-‘सायद, उहाँ आज निकै खुशी हुनुहुन्छ होला । समाजसेवामा उहाँ निकै अग्रसर हुनुहुन्थ्यो ।’ समाजसेवाका लागि धन मात्र नभएर मन चाहिने उनको भनाई थियो ।
निर्देशक दीपाश्री निरौला र स्वेताले काठमाण्डौमा आयोजित एक कार्यक्रममा घर आँगनका संचालक दीपक सिलवाललाई नगद हस्तान्तरण गरेका थिए । दीपकका अनुसार, अब नयाँ घरमा शारीरिक रुपमा असक्त बालबालिकालाई राख्ने तयारी गरिएको छ । सो अवसरमा बोल्दै निर्देशक दीपाश्री निरौलाले भनिन्-‘जग बसाउने काम भएको छ । अब, हामी सबैको सहयोगमा सिंगो घर बन्नेछ र बालबालिकाले न्यानो छत पाउनेछन् ।’
प्रतिक्रिया 4