Comments Add Comment

जब ‘काले काले’ भन्दै हट मालासँग नाचे निश्चल(फोटो फिचरसहित)

nischal-and-mala-2
आजबाट छायांकन सुरु गरिएको चलचित्र ‘पर्व’को एक आइटम गीतमा मोडल माला लिम्बुले निर्देशक निश्चल बस्नेतसँग कम्मर मर्काएकी छिन् । ‘काले काले’ बोलको गीतमा माला र निश्चलको आइटम नृत्य समावेश छ । माला चलचित्रको मुख्य भूमिकामा छिन् भने निश्चललाई दर्शकले यहि आइटम गीतमा मात्र देख्न सक्नेछन् ।

सुवास गिरी र निकिता पौडेलको लगानीमा आजबाट छायांकन सुरु भएको यो चलचित्रलाई ३५ दिन लगाएर खिचिनेछ । ‘काले काले’ बोलको यो गीतमा निश्चल बस्नेत र मिना निरौलाको स्वर, दिनेश राउतको शब्द, कोशिश क्षेत्रीको संगीत छ ।
mala-limbu-hot-1 mala-limbu-hot-2 mala-limbu-hot-3 mala-limbu-hot-4
ललितपुर च्यासल खेल मैदानको पछाडि सेट लगाएर यो गीतको छायांकन भैरहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतलाई राजेश श्रेष्ठले खिचिरहेका छन् ।
mala-limbu-hot-7 mala-limbu-hot-8 mala-limbu-hot-9 mala-limbu-hot-11 nischal-and-mala-1
राजु पेन्टरले यो भव्य सेट तयार पारेका हुन् । आइतबारसम्म यो गीतको छायांकन हुनेछ । चलचित्रलाई दिनेश राउतले निर्देशन गर्नेछन् । चैत्र २५ गते यो चलचित्र रिलिज हुनेछ । चलचित्रको यो गीतलाई चाडै नै दर्शकमाझ सार्वजनिक गरिनेछ ।

तस्बिरः विनोद पोख्रेल

सुरु भयो नम्रताको ‘पर्व’, भव्य सेटमा हुँदैछ आइटम गीतको सुटिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment