+
+

करणले भने-‘काजोल मेरो जीवनमा अब कहिल्यै आउन सक्दिनन्’

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २९ गते ११:०६

kajol-and-karan
निर्माता/निर्देशक करण जोहरको बायोग्राफी ‘द अन स्विटेबल ब्वाई’ अहिले चर्चाको विषय बनेको छ । उनले बायोग्राफीमा काजोल र आफ्नो सम्बन्ध टुट्नुको कारणवारे मुख खोलेका छन् ।

काजोलसँग सम्बन्ध टुट्नुको कारण अजय देबगणलाई उनले दोष दिएका छन् । करणले लेखेका छन्-‘उ अब कहिल्यै मेरो जीबनमा आउन सक्ने छैन । मलाई लाग्दैन उ फेरि आउन चाहन्छे । म पनि उसको साथ कुनै काम गर्न चाहन्नँ । कुनै वेला उ मेरो सबैभन्दा अभिन्न मित्र थिइ, तर अब सब खत्तम भयो । किनकी उसले मेरो २५ बर्षको सम्बन्ध टुक्रा टुक्रा पारिदिइ ।’

सन् २०१६ मा करणको चलचित्र ‘ए दिल हे मुश्किल’ र अजयको ‘शिबाय’विच विवाद भएको थियो । अजयले ट्वीट गरेरै आरोप लगाए कि ‘शिबायको बिरुद्ध बोल्नका लागि करण जोहरले समिक्षकलाई पैसा दिएका छन् ।’

अजयको उक्त भनाइको काजोलले पनि समर्थन गरिन् । यसपछि करण काजोलसँग बोलेका छैनन् । काजोल र करणले थुप्रै हिट चलचित्र दिएका छन् । ‘कुछ कुछ होता हे, कभी खुशी कभी गम, माइ नेम इज खान’ लगायतका सफल चलचित्रमा काजाेल र करणले काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?