
निर्देशक दीपेन्द्र के खनाल आफू निर्देशित नयाँ चलचित्र ‘लभ लभ लभ’को प्रमोशनमा जोडतोडका साथ लागेका छन् । वैशाख १ गतेबाट रिलिज हुने यो चलचित्रको टिजर, फस्टलुक त यसअघि नै सार्वजनिक भैसकेको थियो । अब, दीपेन्द्रले काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै अडियो गीत पनि सार्वजनिक गरेका छन् ।
कार्यक्रममा चलचित्रमा समावेश २ वटा भिडियो पनि रिलिज गरिएको छ । कार्यक्रममा बोल्दै दीपेन्द्रले एक सामान्य यूवाको प्रेम कथा यो चलचित्रमा देखाएको बताए ।

शर्मिला पाण्डेको निर्माणमा तयार भएको यो चलचित्रको मुख्य भूमिका स्वस्तिमा खड्का र सुरज पाण्डे छन् । चलचित्रमा समावेश ‘तिमी अघि अघि’ बोलको गीतको भिडियो युटुबमा पनि सार्वजनिक गरिएको छ । अरिफ रौफको स्वर रहेको यो गीतमा सुरेश राइको शब्द तथा संगीत छ । 
गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । गीतमा सुरज र स्वस्तिमाको प्रेम देखाइएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4