+
+

‘छक्का पन्जा’ पाइरेसी र आत्महत्या प्रकरणः प्रहरी परिसरमा दीपक–दीपा(भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ ८ गते १५:२८

chakka-panja-piresi-4
यूरोपबाट फर्किए लगतै चलचित्र ‘छक्का पन्जा’का निर्माता तथा कलाकार दीपकराज गिरी र निर्देशक दीपाश्री निरौला प्रहरी परिसर, गौशाला पुगेका छन् । उनीहरुले महानगरिय प्रहरी परिसर, गौशाला पुगेर छानविनको माग गरेका हुन् ।

‘छक्का पन्जा’ पाइरेसी गरेको आरोप लागेका नवलपरासीका कृष्ण सुवेदीले केहि दिन अगाडि आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका थिए । यसपछि, सामाजिक संजाल र केहि मिडियामा निर्माता दीपकराज गिरीको धम्कीका कारण कृष्णले आत्महत्या गरेको भन्दै खबर फैलिएको थियो । chakka-panja-piresi-3

दीपक र दीपाले उजुरीपछि के भने, भिडियो हेर्नुहोस्ः


प्रहरी परिसरमा छानविनको माग गर्दै निवेदन दिएपछि संचारकर्मीसँग कुरा गर्दै दीपकले यो घटनामा आफ्नो एक प्रतिशत पनि हात भएको खण्डमा सजायँ भोग्न तयार भएको बताए । उनले, कृष्णको आत्महत्याको छानविन गरि वास्तविकता सार्वजनिक गर्न प्रहरीलाई निवेदन दिएको बताए । आम जनतामा यसको वास्तविकता आउन जरुरी भएको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?