Comments Add Comment

सिजनको अन्त्यमा सन्यास लिने फिलिप लाहमको घोषणा

२६ माघ, काठमाडौं । बार्यन म्युनिखका कप्तान फिलिप लाहमले सिजनको अन्त्यमा सन्यास लिने भएका छन् ।

३४ वर्षीय लाहम जर्मनीले सन् २०१४ मा विश्वकप जित्दा कप्तान थिए । उनले बुन्डेजलिगा लिडर बार्यन म्युनिखबाट ५०१ खेलमा खेलिसकेका छन् ।

उनको क्लबसँगको सम्झौता एक वर्ष बाँकी नै छ । तर, यो सिजनको अन्त्यबाट खेलाडी जीवनबाट सन्यास लिने उनले बताएका छन् ।

उनले २००२ मा डेब्यू गरेका थिए । र, क्लबका लागि सात बुन्डेजलिगा जितेका छन् ।

अन्तराष्ट्रिय फुटबलबाट भने उनले २०१४ को विश्वकप पछि नै सन्यास लिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment