+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
११४ बलमा १६५ रन आवश्यक
चितवन राइनोज 2025
5/0 (0.6)
Shares

यौन दुर्व्यवहारको आरोपमा प्रिन्सिपललाई कालोमोसो र जुत्ताको माला

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २६ गते १७:३३


२६ माघ, काठमाडौं । दाङ धनौरीस्थित एक बोर्डिङ स्कुलको प्रिन्सिपललाई विप्लव माओवादीका कार्यकर्ताहरुले कालोमोसो दलेर जुत्ताको माला लगाइदिएका छन् ।

विप्लव माओवादीका कार्यकर्ताहरुले धनौरीस्थित मिड वेस्टर्न प्वाइन्ट एकाडेमीका प्रिन्सिपल बीरबहादुर घर्तीलाई कालोमोसो सहित जुत्ताको माला लगाइदिएका हुन् ।

घर्तीले स्कुलका छात्राहरुलाई पटक-पटक यौन दुर्व्यवहार गरेकाले अखिल क्रान्तिकारी राप्ती छात्रा विभागले जनकारवाही गरेको विप्लव माओवादीले जनाएको छ ।

होस्टेलमा बस्दै आएका छात्राहरुलाई प्रिन्सिपल घर्तीले यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ ।

पीडित विद्यार्थीहरुको उजुरीको आधारमा उनलाई कारबाही गरिएको विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?