+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

११ क्याम्पसका स्ववियुमा अखिल क्रान्तिकारी निर्बिरोध (सूचीसहित)

धादिङको आदर्श क्याम्पसमा एमाले निकट अनेरास्ववियु विजयी

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १४ गते १४:३९


१४ फागुन, काठमाडौं । शनिबार देशभरका १२ वटा क्याम्पसको स्ववियू चुनावमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विजयी भएको छ । बर्दियाको सानो श्रीस्थित गुराँस बहुमुखी क्याम्पसमा भएको मतदानमा क्रान्तिकारीले जितेको छ ।

दोलखाको त्रिपुरा क्याम्पस, गुल्मीको जनज्योति क्याम्पस, सल्यानको वनगाड क्याम्पस, फारुला बहुमुखी क्याम्पस र शिवजन क्याम्पसको स्ववियूमा क्रान्तिकारी निर्बिरोध विजयी भएको छ ।

त्यसैगरी लटिनाथ बहुमुखी क्याम्पस र गोकुलेश्वर बहुमुखी क्याम्पसमा पनि आफूले जीत हात परेको एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारीले जनाएको छ । रुकुमको सिमृतु शिक्षा क्याम्पस, सानोभेरी शिक्षा क्याम्पस, स्यार्पु बहुमुखी क्याम्पस र सिस्ने शिक्षा क्याम्पसमा पनि क्रान्तिकारीले निर्बिरोध जीत हात पारेको छ ।

विज्ञप्तिमा क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले अनेक प्रतिकुलताका बाबजुद नेवि संघ लगायतका कतिपय संघ/संगठनहरुले अप्रत्यासित रुपमा बिहानैदेखि विभिन्न क्याम्पसहरुमा तालाबन्दी गरेको भन्दै यसले समग्र निर्वाचन प्रक्रियालाई धरापमा पार्ने काम भएको दावी गरेका छन् । निर्वाचनको मुखमा आएर चालिएको यस्तो अलोकतान्त्रिक हर्कत प्रति निन्दा र भत्र्सना गर्ने विज्ञप्तिमा उल्लेख छ ।

क्रान्तिकारीले स्ववियुको गरीमा र अस्तित्व बचाउनका लागि अविलम्ब लोकतान्त्रिक प्रक्रियामा आउन नेवि संघ लगायतका सबै संघ/संगठनहरुलाई अपिल  पनि गरेको छ ।

निर्वाचनमा देखिएका सबै व्यवधान तत्काल हटाइ निर्धारित मिति मै स्ववियु निर्वाचन सम्पन्न गर्न त्रिभुवन विश्वविद्यालयसँग माग गरिएको छ ।

यता धादिङको गजुरीमा रहेको आदर्श बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । अनेरास्ववियुका रुपक गिरी स्ववियु सभापतिमा निर्वाचित भएका छन् ।

 

कुन-कुनमा जित्यो क्रान्तिकारीले ?

क्याम्पसको नाम जिल्ला विजेता अध्यक्षको नाम कैफियत
गुराँस बहुमुखी क्याम्पस, सानोश्री बर्दिया धनसरा ढकाल विजयी
त्रिपुरा क्याम्पस, नाम्दु दोलखा शालिकराम उप्रेती निर्विरोध
जनज्योति क्याम्पस, पुर्कोटदह गुल्मी सृजना घिमिरे निर्विरोध
बनगाड क्याम्पस, बनगाड सल्यान इन्द्रबहादुर बुढाथोकी निर्विरोध
फारुला बहुमुखी क्याम्पस, फारुला सल्यान रामप्रसाद शर्मा निर्विरोध
शिवजन क्याम्पस, सित्तलपाटी सल्यान हरिप्रकाश वली निर्विरोध
लटिनाथ बहुमुखी क्याम्पस, मार्मा दार्चुला नरबहादुर विष्ट निर्विरोध
गोकुलेश्वर बहुमुखी क्याम्पस, गोकुलेश्वर दार्चुला भुवन भण्डारी निर्विरोध
सिमृतु शिक्षा क्याम्पस, रुघा रुकुम जीवन पुन मगर निर्विरोध
सानोभेरी शिक्षा क्याम्पस, सिम्ली रुकुम राम ब. विष्ट निर्विरोध
स्यार्पु ब. क्याम्पस, बाफिकोट रुकुम नवराज के.सी. निर्विरोध
सिस्ने शिक्षा क्याम्पस, रुकुमकोट रुकुम श्रीकुमार बुढाथोकी निर्विरोध

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?