+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नक्कली बाबुरामको फेसबुक स्टाटसमा ओली पनि झुक्किए

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २९ गते १७:३१

२९ फागुन, भैरहवा । मेची-महाकाली राष्ट्रिय अभियान अन्तरगत भैरहवामा भएको आमसभामा एमाले अध्यक्ष केपी शर्मा ओली नयाँ शक्ति नेपालमाथि पनि खनिए ।

उनले नयाँ शक्ति पार्टीलाई बुद्धि बिगि्रएका र भ्रष्ट बुद्धिजिवीहरुको संगठनको संज्ञा दिए । ‘एमाले मुक्त नेपाल निर्माण गरौं’ भनेको भन्दै ओली अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग आक्रोशित भएका रहेछन् ।

रोचक त के भने ‘कुन संसारमा छन् यिनीहरु ?’ भन्दै भाषण गरेका एमाले अध्यक्ष ओली आफैं पनि नक्कली फेसबुक अकाउन्टको भरमा गालीगलौजमा उत्रिएका रहेछन् ।

फागुन २२ मा बाबुराम भट्टराई नामको फेसबुक पेजमा ‘एमाले मुक्त नेपाल निर्माण गरौं, हिमाल, पहाड र तराईबीचको सदभाव कायम गरौं’ भन्ने स्टाटस लेखिएको थियो । तर, यो पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नभई उनको नाममा खोलिएको नक्कली फेसबुक एकाउन्टको स्टाटस थियो ।

तर, ओलीले भट्टराईकै ठानेका रहेछन् । र, भैरहवाको सभामा भने, ‘एमालेलाई तराई पस्न दिँदैनौं रे । एउटा यो नयाँ शक्ति कि के भन्ने बुद्धि बिग्रेका भ्रष्ट बुद्धिजीवीहरु छन्, यो भ्रष्ट बुद्धिजीवीहरुको संस्थाले पनि अस्ति एउटा टि्वट गरेछ एमाले मुक्त नेपाल भनेर ।’

उनले फेरि थपे, ‘अचम्म लाग्यो । कुन संसारमा छन् यिनीहरु ? कसले यिनीहरुलाई यस्तो भन्ने आँट दियो । कसले हिम्मत दियो ? कसको बलमा भुक्दैछन् ? बडा अचम्म लाग्छ यहाँ ?’

यो पनि पढ्नुहोस् 

ओलीले भने-अलच्छिन सरकार ! गाडी नपल्टिएको दिनै छैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?