+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

पाँच दललाई प्रधानमन्त्रीको प्रश्न- मोर्चा आए दुई चरणमा चुनाव गर्न सकिन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ६ गते ११:४०

६ बैशाख, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चालाई कसरी सहमतिमा ल्याउने र कसरी चुनाव सम्पन्न गर्ने भन्ने विषयमा प्रमुख पाँच दलका शीर्ष नेताहरुसँग परामर्श गरेका छन् । प्रधानमन्त्री प्रचण्डको आह्वानमा बुधबार बिहान बालुवाटारमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठक बसेको छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चा सहमतिमा आए दुई चरणमा चुनाव गर्न सकिन्छ भन्ने तर्क आइरहेको भन्दै नेताहरुको धारणा मागेका थिए ।

बैठकपछि गृहमन्त्री विमलेन्द्र निधिले भने, ‘प्रधानमन्त्री जीले मधेसी मोर्चा सहमति भएर आउँछ भने दुई चरणमा चुनाव गर्ने पनि तर्क आइरहेको छ, यो तर्कलाई के गर्ने ? भन्नु भएको छ ।’

यो सरकारको प्रस्ताव नभएको उनले स्पष्ट पारे । उनले बैशाख ३१ गते जसरी भए पनि चुनाव गर्ने बताए । ‘बैशाख ३१ गते चुनाव गर्ने नै । यसमा कुनै भ्रममा नपर्नुहोला,’ निधिले भने, ‘अब मधेसी मोर्चा यदि आउनसक्ने सम्भावना छ भनेदेखि दुई चरणमा गएर पनि चुनाव गराउन सकिन्छ भन्ने यो तर्कलाई कुन रुपमा लिने भन्नेमात्र हो ।’

यसैगरी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले एकैचरणमा एकैदिन स्थानीय चुनाव गर्ने सहमति बैठकमा भएको जानकारी दिए । उनले मधेसी मोर्चा र गठबन्धनलाई सहमतिमा ल्याउन लचिलो भएर सरकारले पहल गर्ने र त्यसमा विपक्षी एमालेले पनि सघाउने बताए ।

चुनावको सुरक्षा प्रवन्ध मिलाइसकेको दाबी

निधिले निर्वाचनका लागि सबै सुरक्षा प्रवन्ध मिलाइसकेको दाबीसमेत गरे । सुरक्षा प्रवन्धमा कुनै कमजोरी नरहने उनले बताए । ‘हामीले पाँचै विकास क्षेत्रमा सुरक्षा गोष्ठी गरेका छौं । निर्वाचनका लागि सबै सुरक्षा निकाय तयार छन्,’ गृहमन्त्री निधिले भने ।

निधिले निर्वाचनका लागि सबै सुरक्षा प्रवन्ध मिलाइसकेको दाबीसमेत गरे । सुरक्षा प्रवन्धमा कुनै कमजोरी नरहने उनले बताए । ‘हामीले पाँचै विकास क्षेत्रमा सुरक्षा गोष्ठी गरेका छौं । निर्वाचनका लागि सबै सुरक्षा निकाय तयार छन्,’ गृहमन्त्री निधिले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?