+
+
Shares

सय किलो चाँदीसहित २ जना पक्राउ

धुर्ब भट्टराई धुर्ब भट्टराई
२०७४ वैशाख १५ गते १२:२१

१५ वैशाख, बिराटनगर । झापाको भद्रपुरबाट अबैध रुपमा ल्याईएको एक सय किलो चाँदीसहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

वुद्ध एयरको उडानमार्फत काठमाडौंबाट झापाको चन्द्रगढी एयरपोर्टमा कार्गो गरी ल्याएको चाँदीसहित झापा वुद्धशान्ति गाउँपालिका-३ का ३२ बर्षीय मनोज गोयल र झापा गाउँपालिका-२ का २७ बर्षीय पुण्यप्रसाद अधिकारी पक्राउ परेका हुन् ।

क्षेत्रीय प्रहरी कार्यालय  विराटनगरका अनुसार भद्रपुर बिमास्थलमा खटिएको प्रहरीको टोलीले शंकाकास्पद रुपमा उनीहरुलाई देखेपछि चेकजाँच गर्ने क्रममा २०/२० पोकाको दरले शिलबन्दी गरी ल्याएको ५ पोका अन्दाजी ६७ लाख ७२ हजार ९ सय मूल्य बराबरको चाँदी बरामद गरेको हो ।

चाँदीसहित उनीहरुलाई आवश्यक कार्बाहीका लागि राजश्व अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?