+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

राप्रपाका विद्यार्थी नेताहरु स्थानीय तहमा प्रतिस्पर्धा गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २५ गते १७:२६

२५ वैशाख, काठमाडौं । राप्रपा निकट विद्यार्थी सङ्गठन राप्रविसंका अधिकांश केन्द्रीय  पदाधिकारी स्थानीय तहको चुनाबमा उम्मेद्वार बनेका छन् ।

विद्यार्थीहरुले यो चुनाव आफूहरुको जनतामाझ चिनिने अवसर भएको भन्दैसङ्गठनका पदाधिकारी नै स्थानीय तहको चुनावमा प्रतिस्पर्धा गर्न लागेको जनाएका छन् ।

राप्रविसं महासचिव राज बस्नेतका अनुसार उपाध्यक्ष निराजन बम पलाँसा गाउँपालिका कालिकोटको उपप्रमुखमा उम्मेदवार बनेका छन भने अर्का उपाध्यक्ष श्याम यादव दोस्रो चरणमा चुनाव हुने सिरहाको लक्ष्मीपुर गाउँपालिकाको अध्यक्षको उम्मेदवार बन्ने पक्का भएको छ ।

त्यस्तै तत्कालिन राप्रविसं नेपालका सह-संयोजक कुमार गजुरेल बेलकोटगढी नगरपालिका नुवाकोटको मेयर पदको उम्मेदवार छन भने राप्रविसं महासचिव राज बस्नेत लामिडाँडा गाउँपालिका खोटाङको प्रमुखका उम्मेदवार बनेका छन् ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको उपमेयरमा सङ्गठनकी कोषाध्यक्ष कुमारी तामाङ उपमेयरको लागी मैदानमा छिन ।

त्यस्तै केन्द्रीय सदस्य देवेन्द्र माल बैतडीको डिलाशैनि गाउँपालिका वडा नं ६ गोकुलेश्वरको वडा अध्यक्षको उम्मेदवार बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?