२ जेठ, काठमाडौं । प्रदेश नं. ६ को विकट जिल्ला मुगुका ४ वटै स्थानीय तहमा मत गणना सुरु भएको छ ।
यो समाचार तयार पार्दासम्म सबैभन्दा धेरै मत गणना मुगुमकार्मारोंग गाउँपालिकामा भएको छ । यो गाउँपालिकामा ६ वटा वडाहरुको मत गणना सकिएको मगुका निमित्त जिल्ला निर्वाचन अधिकारी राजिमा बुढाले जानकारी दिए ।
यस्तै यहाँको एउटा मात्र छायाँनाथ रारा नगरपालिकाका २ वटा वडाको मत गणना सकिएको छ भने यो नगरपालिकाको एउटा वडामा भने अध्यक्षसहितका यस अघि नै निर्बिरोध भइसकेको बुढाले जानकारी दिएका छन् ।
सोरु गाउँपालिकामा भने मंगलबार अबेरपछि मात्रै सुरु भएको छ । सोमबार कांग्रेस र एमालेबीच विवाद भएपछि मंगलबार मात्रै मत गणना सुरु गरिएको हो ।
यस्तै खत्याड गाउँपालिकामा पनि मत गणना सुरु भएको छ । खत्याडमा ४ वटा गाउँपालिकाको मत गणना गरिएको निमित्त जिल्ला निर्वाचन अधिकारी बुढाले बताए ।
यहाँ पनि मत गणना असाध्यै ढिलो भएकोले ४ वटै तहको मत परिणाम आउन ४ दिन लाग्ने बुढाले बताए ।
प्रतिक्रिया 4