+
+

जनता बैंकको सेयर कारोबार खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ४ गते ११:४५

४ जेठ, काठमाडौं । त्रिवेणी बिकास बैंकसँग मर्जर गरेको जनता बैंकको विहीबारबाट कारोबार खुलेको छ ।

बैंकको बोनस सेयर समायोजनको कारण सेयर मूल्य ३ सय ४६ रुपैयाँ तोकिएको छ । यसअघि बैंकको सेयर ३ सय ८७ मा कारोबार भइरहेको थियो । बैंकले १२ प्रतिशत बोनस सेयर दिएको थियो ।

बैंकले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई समेत एक्वायर गर्ने योजना अगाडी सारेको छ ।  सिद्धार्थ बैंकले पनि १० बराबर ६ प्रतिशत हकप्रद जारी गरिरहेको छ । सिद्धार्थबाटै जनता बैंकले २ अर्ब २७ करोड पुँजी पाउने छ ।

चालु आवको तेस्रो त्रैमाशमा जनता बैंकको नाफा ६८.५८ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाश (चैतसम्म) २२ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको तेस्रो त्रैमाशमा भने ३८ करोड १८ लाख रुपैयाँ कमाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?