बढ्दो तौल कसरी नियन्त्रण गर्ने ? धेरैको टाउको दुखाईको बिषय हो यो । अनियन्त्रित रुपमा बढेको तौलले शरीरलाई भद्दा मात्र देखाउँदैन, रोग समेत निम्त्याउँछ । शरीर चुस्त र फूर्तिलो देखिदैन । त्यही कारण बढ्दो तौल घटाउन कोहि खानपानमा कटौती गर्छन् त कोहि जिम धाउँछन् ।
खानपानमा कटौती गरेर तौल नियन्त्रण हुँदैन । बरु, यसले अरु शारीरिक समस्या पैदा गर्छ । त्यसैले खानपान कटौती गर्ने होइन, तर त्यो सन्तुलित भने हुनुपर्छ । अतः यहाँ सात दिनको लागि डाइट चार्ट दिइएको छ, जसले तौल घटाउन सहयोग गर्छ । केवल सात दिनमा तपाईले नियमित यो डाइट चार्ट फलो गरेर आफ्नो तौल नियन्त्रण गर्न सक्नुहुनेछ ।
पहिलो दिन
पहिलो दिन तपाईले केवल फल मात्र सेवन गर्नुपर्नेछ । कुनै किसिमको अन्न, कोल्ड डि्रंक सेवन गर्नु हुँदैन । संभव भएसम्म खरबुजा सेवन गरौं । केरा भने लाभदायक हुँदैन ।
१. विहान ८ वा ९ बजेभित्र दुई गिलास पानी र एउटा स्याउ सेवन गरौं ।
२. १० र ११ बजेको बीचमा दुई गिलास पानी र एक कचौरा मेवा वा खरबुजा खाने ।
३. मध्यन्ह एक बजे दुई गिलास पानी र एक कचौरा मेवा खाने ।
४. चार बजे एक गिलास पानी, एउटा स्याउ सेवन गर्ने ।
५. साँझ एक गिलास नरिवल पानी पिउने ।
६. रातको खानामा एक गिलास पानी र स्याउ लिने ।
दोस्रो दिन
दोस्रो दिन पानी र सब्जीलाई प्राथमिकता दिनुपर्छ ।
१. नास्तामा उसिनेको आलु र एक गिलास पानी सेवन गर्ने ।
२. १० देखि ११ बजेभित्र काँचो बन्दा एक कचौरा र एक गिलास पानी सेवन गर्ने ।
३. मध्यन्ह एक वा दुई बजे एक गोलभेडा, कांक्रा, आधा चुकन्दर र दुई गिलास पानी सेवन गर्ने ।
४. चार बजे गोलभेडा र एक गिलास पानी सेवन गर्ने ।
५. साँझको खानामा एक गिलास सुप र सब्जीको जुस, पानी सेवन गर्ने ।
६. रातको खानामा थोरै नुन हालेर उसिनेको लौका सेवन गर्ने, एक गिलास पानी पिउने ।
तेस्रो दिन
तेस्रो दिन फल र सब्जी मिसाएर सेवन गर्नुपर्छ । यद्यपी आलु र केरा सामेल गर्नु हुँदैन ।
१. नास्तामा एक गिलास पानी र स्याउ लिने ।
२. १० वा ११ बजे दुई गिलास पानी र एक कचौरा मेवा सेवन गर्ने ।
३. १ वा दुई बजेभित्र एक गिलास पानी, एउटा कांक्रा र आधा चुकन्दर लिने ।
४. चार बजे एक गिलास पानी र खरबुजा सेवन गर्ने ।
५. साँझ उसिनेको सब्जी र दुई गिलास पानी पिउने ।
६. रातको खानामा उसिनेको लौका, पानी सेवन गर्ने ।
चौथो दिन
चौथो दिन तर नभएको दुध सेवन गर्नुपर्छ । यससँगै केरा पनि सेवन गर्न सकिन्छ ।
१. नास्तामा एक गिलास पानी, आधा गिलास दुध र एउटा केरा सेवन गर्ने ।
२. १० बजे पानी र एउटा केरा खाने ।
३. एक बजेदेखि २ बजेभित्र एक गिलास पानी, दुध र केरा सेवन गर्ने ।
४. चार बजे पानी र एउटा केरा खाने ।
५. साँझ ६ बजे पानी र एउटा केरा खाने ।
६. रातको खानामा पानी र आधा गिलास दुध सेवन गर्ने ।
पाँचौ दिन
पाँचौ दिन गोलभेडा र चामल सेवन गर्न सकिनेछ ।
१. नास्तामा कुकरमा पकाएको एक कचौरा भात र एक गिलास पानी लिने ।
२. १० बजे २ वटा गोलभेडा र एक गिलास पानी लिने ।
३. एक बजे एक कचौरा भात, गोलभेडाको अचार र पानी सेवन गर्ने ।
४. चार बजेको समयमा दुई वटा गोलभेडा थोरै नुनमा मिसाएर सेवन गर्ने ।
५. साँझ कागती र नुन मिसाएको पानी पिउने ।
६. रातीको खानामा एक कचौरा भात, दुई गिलास पानी पिउने ।
छैठौं दिन
छैंठौ दिन चामल र सब्जी सेवन गर्नुपर्छ । यस दिन आफ्नो मर्जी अनुसार सब्जी पकाउन सकिन्छ ।
१. नास्तामा कुकरमा पकाएको एक कचौरा भात र पानी लिने ।
२. दुई गोलभेडा र एक गिलास पानी पिउने ।
३. एक बजे एक कचौरा भात र सब्जी लिने ।
४. चार बजेको समयमा एक कांक्रा र पानी सेवन गर्ने ।
५. साँझ एक गिलास पानीमा कागती र नुन मिसाएर सेवन गर्न सकिन्छ ।
६. रातीको खानामा उसिनेको चुकन्दर, कांक्रा, गाजर, गोलभेडा, बन्दामा थोरै नुन मिसाएर सेवन गर्न सकिन्छ ।
सातौ दिन
सातौ दिन भात, फल र जुस सेवन गर्नुपर्छ ।
१. नास्तामा एक कचौरा भात, एक गिलास पानी सेवन गर्ने ।
२. दश बजे दुई वटा गोलभेडा र पानी पिउने ।
३. एक बजे एक कचौरा भात र सब्जी तथा पानी सेवन गर्ने ।
४. चार बजे कांक्रा र एक गिलास पानी सेवन गर्ने ।
५. साँझको समयमा एक गिलास फलफूलको जुस पिउने ।
६. रातको खानामा उसिनेको चुकन्दर, कांक्रा, गाजर, गोलभेडा, बन्दामा नुन मिसाएर सेवन गर्ने ।
प्रतिक्रिया 4