+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रिया सुरु

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ८ गते १२:५७


८ जेठ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त पहिचान भएका भूकम्प अतिप्रभावित पाँच जिल्लाका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न एकीकृत बस्ती विकास प्रक्रिया सुरु गरेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलको संयोजकत्वमा बसेको कार्यकारी समितिको ६४आैं बैठकले एकीकृत बस्ती विकासको सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन तयार, पूर्वाधार निर्माण कार्यका लागि अन्य सङ्घसंस्था÷निकायको सहयोग लिई बस्ती विकास गर्ने कार्यक्रम अघि बढाउने निर्णय गरेको प्रवक्ता यामलाल भुसालले राससलाई बताए।

कार्यक्रमअन्तर्गत प्राधिकरण र भूगर्भविद्सहितको समूहले जोखिमयुक्त भनी पहिचान गरेका गोरखाको केरौजा, सिन्धुपाल्चोकको सेलाङ, रसुवाको खाल्डे, नुवाकोटको उर्लेनी र दोलखाको वेसिम्पामा रहेका जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिनेछ ।

सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समितिले जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि सुरक्षित जग्गाको छनोट गर्नेछ । सुरक्षित स्थानमा सर्न चाहने लाभग्राहीसँग परामर्श गरी उक्त समितिले एकीकृत बस्ती विकास गर्न उपयुक्त जग्गा छनोट गर्ने र त्यस्तो जग्गामा पूर्वाधार निर्माणका लागि सरकारले आवश्यक प्रबन्ध मिलाउने उनले बताए ।

“एकीकृत बस्तीको विकासका लागि सडक, खानेपानी, विद्युतीकरण, नदी नियन्त्रण, जग्गा प्राप्तिजस्ता पूर्वाधार निर्माणको विषयलाई समेत सरकारी तवरबाट सम्बोधन गरिनेछ, उक्त कार्यका लागि अन्य संस्था वा निकायको पनि सहयोग लिई दोहोरो नपर्ने गरी एकीकृत बस्ती विकास गर्ने कार्यक्रम अघि बढाउने निर्णय भएको हो” –प्राधिकरणका प्रवक्ता भुसालले भभने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?