विरगञ्जको चर्को घाममा नायिका प्रियंका कार्की र नायक सौगात मल्लले ‘फाटेको जुत्ता’ चलचित्रका लागि मिहिनेत गरिरहेका छन् ।
अर्जुन कुमारको निर्माणमा तयार भैरहेको यो चलचित्रलाई निकेश खड्काले निर्देशन गरिरहेका छन् । चलचित्रमा वुद्धि तामाङ, बर्षा राउत, कामेश्वर चौरासियाको पनि मुख्य भूमिका छ ।
कमेडी जनराको यो चलचित्रको बिषयमा निर्माता कुमार भन्छन्-‘हामीले एक दृश्यका लागि ७ सय क्राउड भेला गरेका छौ । विरगञ्जमा ७ सय जना जम्मा गर्न त्यती सजिलो भएन ।’
उनले ७ सय जना क्राउडको आवश्यकता गीतमा नभई चलचित्र भित्रकै एक दृश्यका लागि भएको बताए । ४० डीग्री तापक्रममा चलचित्रको छायांकन भैरहको जानकारी दिदै अर्जुनले भने-‘कलाकारहरुले निकै मिहिनेत गर्नुभएको छ । हामीले एउटा उत्कृष्ट चलचित्र बनाउने प्रयास गरेका छौ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4