+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रचण्डको एकता प्रस्ताव वैद्यद्वारा अस्वीकार

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २८ गते ११:१२

२८ जेठ, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले एकताका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेको अपील अस्वीकार गरेका छन् ।

पछिल्ला दिनमा प्रचण्डले सार्वजनिक रुपमा नै वैद्य र विप्लवलाई एकतामा आउन आहृवान गदर्ैै आएका छन् ।

वैद्यले यो आव्हान ‘क्रान्तिकारी कम्युनिष्टहरुलाई ध्वस्त पार्नका निम्ति गरिएको वैदेशिक प्रतिक्रियावादद्वारा निर्देशित दक्षिणपन्थी संशोधनवादी षड्यन्त्र’ मात्र भएको बताएका छन् ।

पार्टी एकताका लागि भएको आहृवानबारे आफ्नो धारणा सार्वजनिक गर्दै वैद्यले माओवादी केन्द्रको मूल नेतृत्वले नेपाली नयाँ जनवादी क्रान्ति, जनयुद्ध र साम्यवादको उदात्त आदर्शप्रति गम्भीर विश्वासघात र देशी तथा विदेशी वर्गदुश्मनहरुसित आत्मसमर्पण गरेकाले आफूहरुले विद्रोह गरेको स्मरण गरेका छन् ।

आफूहरुको कदम सही भएको भन्दै उनले भनेका छन्, ‘माओवादी केन्द्रको मूल नेतृत्वद्वारा बारम्बार गरिने यसप्रकारको एकताको आव्हान नेपालमा क्रान्तिकारी कम्युनिष्टहरुलाई ध्वस्त पार्नका निम्ति गरिएको वैदेशिक प्रतिक्रियावादद्वारा निर्देशित दक्षिणपन्थी संशोधनवादी षड्यन्त्रबाहेक अरु केही होइन भन्ने कुरा पनि अब छर्लङ्ग भइसकेको छ ।’

बैद्यले माक्र्सवाद-लेनिनवाद-माओवाद, नयाँ जनवाद, वलप्रयोगको सिद्धान्त, वैज्ञानिक समाजवाद तथा साम्यवादलाई स्वीकार्ने, साम्राज्यवाद, विस्तारवाद तथा सबैखाले संशोधनवाद मुख्यतः दक्षिणपन्थी संशोधनवादका विरुद्ध संघर्ष गर्न तयार हुने र वर्तमान प्रतिक्रियावादी राज्यसत्ता, संविधान तथा व्यवस्थाको विरोध गर्ने सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकताबद्ध गरी नयाँ ढंगको कम्युनिष्ट पार्टी निर्माण गर्न तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?