३१ जेठ, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मासँग नेपालका लागि बेलायती राजदूत रिर्जड मरिसले भेट गरेका छन् । भेटमा मरिसले दोस्रो चरणको चुनाव सर्ने/नसर्नेबारे चासो राखेका छन् ।
बेलायती राजदूत मरिसले बुधबार सिंहदरबारस्थित गृहमन्त्रालयमा पुगेर गृहमन्त्री शर्मासँग भेट गरेका हुन् ।
भेटका क्रममा राजदूतले दोस्रो चरणको चुनाव सर्ने नसर्नेबारे चासो राखेको गृहमन्त्रालय स्रोतले अनलाइनखबरलाई बतायो ।
साथै बेलायती राजदूतले नवनियुक्त गहृमन्त्री शर्मालाई बधाइ दिनुका साथै आसन्न निर्वाचन सफल होस् भन्ने शुभेच्छा राखेका थिए ।
एक चीन नीतिबारे चिनियाँ राजदूतको सन्तोष
यसैवीच बुधबार नै गृहमन्त्रालय पुगेर नेपालका लागि चिनियाँ राजदूत यु होङले पनि गृहमन्त्री शर्मासँग भेट गरेकी छन् ।
राजदूत होङले नेपाल सरकारले लिँदै आएको एक चीन नीतिप्रति सन्तोष व्यक्त गरेकी छन् । साथै नेपालमा हुन लागिरहेको चुनावलाई सफल गराउन आफूहरुको साथ र सहयोग रहने पनि राजदूत युले गृहमन्त्री शर्मालाई बताएको मन्त्रालय स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।