चलचित्र ‘फाटेको जुत्ता’को सम्पूर्ण छायांकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ । ३२ दिनमा यो चलचित्रको छायांकन सकिएको हो ।
विरगञ्जका विभिन्न स्थानमा यो चलचित्रको छायांकन गरिएको छ । निर्माता अर्जुन कुमारका अनुसार मधेस बन्दका कारण चलचित्रका लागि करिब १५ लाख बढी बजेट खर्च भएको छ ।
निर्देशक निकेश खड्काले गर्मीमा कष्टका साथ छायांकन गरेपनि सबै कलाकार र यूनिटको साथले चलचित्र राम्रो बनेको बताए । मधेस बन्दका कारण जंगलको बाटोमा लुकेर छायांकन स्थलमा पुगेको निर्माता अर्जुनले सुनाए ।
सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, बर्षा राउत, रविन्द्र झा, आमिर गौतम लगायतका कलाकारको अभिनय रहेको यो चलचित्र कात्तिकमा रिलिज हुँदैछ । कमेडी जनरामा चलचित्र निर्माण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4