+
+

रेशम चौधरी परिवारको भौतिक क्षति भएकाले राहत दिएको होः गृहमन्त्री

सुवास पण्डित सुवास पण्डित
२०७४ असार ७ गते १०:५५

७ असार, चितवन । गृहमन्त्री जनार्दन शर्माले टीकापुर घटनामा मुख्य अभियुक्त भनिएका रेशम चौधरी परिवारको भौतिक क्षति भएकाले सरकारले राहत दिएको बताएका छन् ।

चौधरी टीकापुर घटनापछि चौधरी अर्धभूमिगत जीवन विताइरहेका छन् । सरकारले हालै मात्र चौधरीलाई १ करोड ७४ लाख क्षतिपूर्ति दिने निर्णय गरेको थियो, जसको चर्को अलोचना भएको छ ।

प्रहरी तालिम केन्द्रमा प्रहरी प्रमुख प्रकाश आर्याल र गृहसचिव लोकदर्शन रेग्मीसँगै पत्रकारमाझ उपस्थित भएका गृहमन्त्री शर्माले टीकापुर घटनाबारे सरकार स्पष्ट रहेको बताए ।

रेशम चौधरीलाई क्षतिपूर्ति दिएकोबारे सोधिएको प्रश्नमा शर्माले टीकापुर घटनाका सबैमाथि न्याय गरिने बताए । चौधरी परिवारको भौतिक क्षति भएकोले १ करोड ७४ लाख क्षतिपूर्ति दिएको उनले बताए ।

थारु आन्दोलनका क्रममा २०७२ भदौ ७ टिकापुरमा भएको हिंसात्मक घटनाका क्रममा एसएसपीसहित ८ जनाको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट थारु समुदायको घरमा आगजनी भयो । चौधरीको फुलवारी रेडियो र रेष्टुराँमा पनि आजगनी भएको थियो ।

गृहमन्त्री शर्माले सरकारले कहिल्यै प्रहरी संगठनको मनोवल नगिराउने र अदालतमा मुद्धा चलेको विषयमा केही नबोल्ने बताए ।

सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएका बालकृष्ण ढुंगेल कहिले पक्राउ पर्छन् भन्ने प्रश्नमा गृहमन्त्री शर्माले ठोस जवाफ दिएनन् । सर्वोच्चको आदेशको कार्यान्वयन हुने मात्र बताए ।

गृहमन्त्री शर्माले आफू पार्टीको चुनाव सभामा जाँदैमा निर्वाचन आचार संहिता उल्लंघन नहुने बताए । मन्त्रीहरुले पनि बेलाबखतमा चुनावी सभालाई सम्वोधन गर्न पाउने उनले जिकिर गरे ।

गृहमन्त्री शर्माले सोमबार बाँकेको खजुरा गाउँपालिकाको रनियाँपुरमा माओवादीको चुनावी सभालाई सम्बोधन गरेका थिए ।

गृहमन्त्री शर्मा भरतपुरस्थित प्रहरी तालिम केन्द्रमा प्रहरी सहायक निरिक्षक पदमा दीक्षित प्रहरीहरुको दीक्षान्त समारोहमा सहभागी हुन चितवन आएका हुन् । गत साउनबाट तालिममा रहेका १५० जना प्रहरीहरु प्रहरी साहायक निरीक्षक पदमा दीक्षित भएर कार्य क्षेत्रमा खटिने छन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?