+
+

दार्जीलिङ छाड्दै विद्यार्थी

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ८ गते ६:०४

८ असार, काठमाडौं । आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले शुक्रबार दार्जीलिङका छात्रावासमा बसेका विद्यार्थीलाई घर जान अनुमति दिएको छ । सार्वजनिक सवारीसाधन नचल्ने भएकाले त्यस्ता विद्यार्थीलाई विद्यालयकै सवारीसाधनले सिलिगुडी तथा सिक्किम राज्यको सिमानासम्म पुर्याउनुपर्ने मोर्चाले उल्लेख गरेको छ ।

मोर्चाका सचिव विनय तामाङका अनुसार विद्यालयका सवारीसाधनले शुक्रबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म विद्यार्थीलाई गन्तव्यमा पुर्याउनु पर्नेछ ।

उनले विद्यालयले अन्य सवारीसाधन प्रयोग गर्न नपाइने बताए । उनले भने, ‘छुट्टै राज्य गोर्खाल्यान्ड नहुन्जेल आन्दोलन जारी रहने भएकाले हामीले यहाँ रहेका विद्यार्थीलाई घर जान सजिलो होस् भनेर २३ जुनका लागि विद्यार्थी बोक्न अनुमति दिएका हौं ।’

भारत, नेपाल, भुटान लगायतका देशबाट दार्जीलिङ आएर पढने विद्यार्थीको संख्या ठूलो छ । यसपटक अचानक शुरु भएको बन्दले विद्यार्थी घर जान नपाई छात्रावासमै रहन बाध्य भएका थिए । यस्तो निर्णयसँगै त्यहाँ रहेका विद्यार्थीलाई राहत भएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?