+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

गज्जबको तालमेलः कांग्रेस-माओवादीको चुनाव चिह्न एउटै !

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ११ गते ६:५९

११ असार, काठमाडौं । अर्घाखाँचीका चार स्थानीय तहमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेर संयुक्त रुपमा चुनावी प्रचारप्रसार गरिरहेका छन् । चार तहका दुई स्थानमा प्रमुख कांग्रेस र उपप्रमुख माओवादी तथा दुई तहका प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेस हुने सहमति अनुसार उम्मेदवारी दर्ता गरेर यी दुवै पार्टीले निर्वाचन प्रचारप्रसार गरिरहेका छन् ।

तर चारै तहमध्ये मालारानी गाउँपालिकामा भने कांग्रेस र माओवादीबीच गज्जबको तालमेल भएको छ । प्रमुखमा माओवादीबाट पदम क्षेत्री र उपप्रमुखमा कांग्रेसबाट शान्ता खनाल संयुक्त रुपमा चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।

प्रमुख र उपप्रमुख मात्र होइन, वडा तहमा पनि कांग्रेस र माओवादी एक भएर एउटै चुनाव चिह्नमा चुनाव लड्दै छन् । ९ वटा वडा रहेको मालारानी गाउँपालिकामा तीन वडामा कांग्रेसको चुनाव चिह्न रुख र ६ वडामा माओवादीको चुनाव चिह्न गोलाकारभित्रको हसिया हथौडामा चुनाव लडेको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?