+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

मौन अवधिमा सामाजिक सञ्जालमा पनि चुनाव प्रचार गर्न पाइँदैन

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ११ गते १२:३४

११ असार, काठमाडौं । दोस्रो चरणको चुनाव हुने क्षेत्रहरुमा आइतबार मध्यरातिदेखि मौन अवधि शुरु हुने भएको छ । स्थानीय तह निर्वाचन, निर्देशिका, २०७३ को दफा ६९ मा मौन अवधिमा प्रचार गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधि शुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै पनि उम्मेदवारहरुको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न दिन हुँदैन ।

साथै वेबसाइटका साथै फेसबुक र ट्वीटरलगायतकासामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट समेत निर्वाचनको प्रचार-प्रसार गर्न नपाइने आयोगले जनाएको छ । आयोगले भनेको छ, यदि निर्वाचनको मौन अवधि पालना नगरी निर्वाचन आचारसंहिताविपरीत कुनै पनि किसिमले निर्वाचनको प्रचार-प्रसार गरिएको पाइएमा त्यस्ता दल, संस्था, उम्मेदवार र व्यक्तिहरुमाथि निर्वाचन आयोग ऐन २०७३ बमोजिम हदैसम्मको कारबाही हुनेछ ।’

साथै मतदान सम्पन्न नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचार-प्रसार गर्न वा गराउन पनि निषेध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?