+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रचण्डलाई ‘शताब्दी पदक’ सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ४ गते १६:१२

४ साउन, काठमाडौं । माओवादी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्ड शताब्दी पदकबाट सम्मानित हुने भएका छन् । उनलाई त्रिमूर्ति सम्मान पनि प्रदान गर्ने निर्णय भएको छ ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको त्रिमूर्ति निकेतनको बैठकले सो निर्णय गरेको हो ।

नइ प्रकाशनले बुधबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दुई पल्टको प्रधानमन्त्रित्वकालमा उहाँले त्रिमूर्ति निकेतनको थप उचाई अभिवृद्धिका साथै नेपाली भाषा साहित्यमा पुर्‍याउनु भएको योगदानको कदर स्वरुप उहाँँलाई ‘त्रिमूर्ति सम्मान’ र ‘सत्यमोहन जोशी शताब्दी पदक’समर्पण गर्ने निर्णय गरेको छ ।’

आगामी भदौ ३ गते त्रिमूर्ति दिवसका अवसरमा वाङमय शताब्दी पुरूष डा. सत्यमोहन जोशीबाट पूर्वप्रधानमन्त्री प्रचण्डलाई सम्मान समर्पण गरिने नइ प्रकाशनले जनाएको छ ।

नेपाली वाङ्मयको श्रीवृद्धिका लागि भन्दै ०५२ साल माघ १५ गते नइ प्रकाशनको स्थापना भएको थियो । नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको नामका अगाडिको अक्षर जोडेर नइ प्रकाशन नामक साँस्कृतिक संस्थाको स्थापना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?