१८ साउन, काठमाडाैं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले विदेशमा अलपत्र परेका नेपाली कामदारको उद्धारमा अब ढिलाई नहुने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उपप्रधानमन्त्री महराले आफूले कार्यदल नै बनाएर विदेशमा अलपत्र परेका नेपाली कामदारहरुको समस्याको पहिचान गर्न लगाएकाले अब उद्धार कार्य पनि तीव्र रुपमा अघि बढने बताए ।
पछिल्लो समय परराष्ट्र मन्त्रालयले श्रम मन्त्रालयसँग सहकार्य गरी विदेशमा अलपत्र परेका नेपाली कामदारहरुको उद्धार कार्यमा सक्रियता बढाएको छ ।
उपप्रधानमन्त्री महराले विदेशमा अलपत्र परे सरकारलाई जानकारी दिन ढिलाई नगर्न पनि सबैलाई आग्रह गरे ।
सरकारले केही समय अघि उद्धार गरी नेपाल फर्काएकाहरुसँग बुधबार गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री महराले विदेशमा काम गर्नेक्रममा भोगेका समस्याहरुबारे पनि विस्तृत जानकारी लिएका हुन् ।
कायृक्रममा हालै कुवेतमा अलपत्र परेर परराष्ट्र मन्त्रालयले उद्धार गरेकी नुवाकोटकी सीता तामाङले आफूलाई नेपाल फर्काउन पहल गरेकोमा परराष्ट्रमन्त्री महराप्रति आभार समेत व्यक्त गरेकी थिइन् ।
तामाङ एक वर्ष अघि वैदेशिक रोजगारीको शिलशिलामा कुवेत पुगेकी थिइन । त्यहाँ मालिकको कुटाइ सहन नसकेर भाग्दा उनको खुट्टा भाँचिएको थियो ।
प्रतिक्रिया 4