+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बाढी पहिरोमा ज्यान गुमाउनेको संख्या १०० पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ३१ गते १०:०९

३१ साउन, काठमाडौं । देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या १०० पुगेको छ ।

गृह मन्त्रालय प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार अहिलेसम्म १ सय १५ जनाको ज्यान गएको पुष्टि भएको छ । बाढी पहिरोमा ३८ जना बेपत्ता भएका छन् ।

२ हजार ८४७ घर पूर्ण रुपमा क्षति भएको छ भने ३ हजार ७२७ पूर्वाधार संरचनामा क्षति भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । बाढी पहिरो पीडितको राहत तथा उद्दारमा सुरक्षाकर्मीसहित झण्डै २७ हजार जनशक्ति खटिएका छन् ।

सोमबारबाट राहत वितरण सुरु भएको छ । बाढी तथा डुवान प्रभावित तराई मधेसका १२ जिल्लामा त्रिपाल, कम्वल, म्याट्रेसका साथै चिउरा, बिस्कुट, चाउचाउ, भुजा, पानीका साथै जीवनजल, सिटामोल समेत वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?