+
+

बाढीपीडित भोकै बस्नु पर्ने छैनः प्रधानमन्त्री देउवा

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १ गते १७:१९


१ भदौ, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको बाढी प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका छन् । त्यसक्रममा टिकापुरको पुरानो एयरपोर्टमा ओर्लिएर उनले राहत सामाग्री पनि हस्तान्तरण गरेका छन् ।

झण्डै १० मिनेट बिताएका प्रधानमन्त्री देउवाले राहतको कुनै कमी हुन नदिने बताएका छन् । उनले भने, ‘खाद्यान्न लत्ता कपडा र पालहरु व्यवस्था गरेका छौं । राहतको कुनै कमी छैन, कसैले भोक्कै रहनु पर्ने छैन ।’

उनले बाढीबाट विस्थापित भएकाहरुलाई त्रिपाल हालेर बस्ने ठाउँ दिइने बताएका छन् । उनले बाढी पीडितको राहत र उद्दारमा सक्रिय सबैलाई धन्यवाद समेत दिएका छन् ।

यो पनि पढ्नुस्

‘६ दिनमा ३ छाक खाइयो, सरकार कहाँ छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?