+
+

महन्थ ठाकुरको स्वास्थ्यमा समस्या, मतदान नगरी फर्किए काठमाडौं

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २ गते १०:३५

२ असोज, सर्लाही । प्रदेश नम्बर २ मा उत्साहपूर्वक स्थानीय तह चुनाव भइरहे पनि राजपा अध्यक्ष महन्थ ठाकुर भने सहभागी भएनन् ।

स्वास्थ्यमा समस्या आएका कारण उनी गएराति नै काठमाडौं फर्किएका छन् । उनी सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ८ का मतदाता हुन् ।

वयोवृद्ध नेता ठाकुर चुनावको प्रचार प्रसारमा पनि खासै सहभागी भएका थिएनन् ।

गृहजिल्ला सर्लाही भएका राजपाका नेताहरु राजेन्द्र महतो, महेन्द्र यादव लगायतले भने मतदानमा भाग लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?