२ असोज, काठमाडौं । कुबेर मर्चेन्ट फाइनान्स लिमिटेडका अध्यक्ष चन्द्र टण्डनले भदौ ३० गते नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख नारायण प्रसाद पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
सपथ ग्रहण सम्बन्धमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा व्यवस्था छ । कम्पनीको हालै सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट नयाँ लगानीकर्ताहरुको तर्फबाट संचालकमा निर्वाचित भएका टण्डनलाई संचालक समितिले अध्यक्षमा चयन गरेको थियो ।
नयाँ लगानीकर्ताहरुको प्रवेश पश्चात थप पूँजीलगानी गरी नेपाल राष्ट्र बैंकबाट तोकिए बमोजिम न्यूनतम पूँजी कोष कायम गराई संस्थालाई समस्याग्रस्त अवस्थाबाट छुटकारा दिलाउने प्रकृया शुरु गरिएको जानकारी पनि टण्डनले दिए ।