+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

शिक्षा ऐन संशोधनको विरोधमा विद्यार्थी संगठनद्वारा आन्दोलन घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ५ गते १७:५५

५ असोज, काठमाडौं । शिक्षा ऐन नवौं संशोधनको विरोधमा विद्यार्थी संगठनहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । उनीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, विद्यालयहरुमा कालो झण्डा गाड्ने लगायतका विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेपाल लोकतान्त्रिक विद्यार्थी फोरम, अखिल छ्रैठौं र अखिल पाँचौं शिक्षा ऐन संशोधनको विपक्षमा उभिएका हुन् । ६ विद्यार्थी संगठनका अध्यक्षहरुले बिहीबार संयुक्त विज्ञप्ति निकालेर शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने बताएका छन् ।

यसैगरी असोज ७ गते प्रमुख दलका शीर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाउने, ८ गते देशभरका विद्यालयहरुमा कालोझण्डा गाड्ने र विज्ञहरुसँग सडक बहस गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।

७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा गराउने प्रावधानसहित विधेयक संशोधन गर्न लागिएपछि सरकारको विरोध भइरहेको छ । ‘यो प्रावधानले अस्थायी अध्यापनपत्र लिएर बसेका लाखौं विद्यार्थीहरुको अन्धकार बनाउने छ,’ अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले भने, ‘त्यही भएर हामीले विरोधका कार्यक्रम सार्वजनिक गरेका हौं ।’

उनले संशोधन प्रस्ताव तत्काल फिर्ता नभए विद्यार्थी संगठनहरु अझै कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिए ।

यो पनि पढ्नुहोस् 

सार्वजनिक स्कुल डुवाउने खेल ! तीन दल एकै ठाउँमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?