
६ असोज, पर्सा । जिल्लाको छिपहरमार्इ गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् ।
अध्यक्षमा मनोज गुप्ताले २८५१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी फोरम नेपालका सिहासन कलबारले २६९४ प्राप्त गरेका छन ।
उपाध्यक्षमा पनि माओवादी कै मदिना खातुनले २८३१ मत ल्याएर विजयी भएकी छन् । उनकी प्रतिद्वन्दी फोरम नेपालकी शिसकलि देबीले २२७३ मत पाइन ।
छिपहरमार्इका ५ वडामा माओवादी, २ वटामा फोरम नेपाल र नेपाली काग्रेसले १ वडा जितेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4