+
+
Shares

माओवादी मन्त्रीहरू हटाउने योजना छैनः कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज १९ गते १९:१८

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले माओवादी मन्त्रीहरुलाई हटाएर नयाँ सरकार बनाउने तयारी नभएको प्रष्ट पारेको छ ।

सत्तारुढ माओवादीले विपक्षी एमालेसँग चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति गरेपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । यो बैठक भोलि विहान ८ बजेबाट बालुवाटारमा सुरु हुनेछ ।

कार्यसम्पादन समितिको बैठकले केन्द्रीय कार्यसमितिको बैठकको एजेण्डाहरु तय गरेको छ । नेता डा. प्रकाशशरण महतका अनुसार भोलिको बैठकमा उम्मेदवार छनोटको मापदण्डका साथै लोकतान्त्रिक गठवन्धन र चुनावी एजेण्डाबारे छलफल हुनेछ ।

नेता महतले माओवादी मन्त्रीहरुलाई हटाउने कुनै छलफल नै नभएको बताएका छन् । उनले भने, ‘यो विषय छलफलमा आएकै छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?